१०बुँदे सहमतिप्रति माधव नेपालको असन्तुष्टी

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेमा कार्यदलले गरेको १०बुँदे सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । अदालतलाई प्रभावित गर्ने गरी रातारात सहमति गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

कार्यदलले गरेको सहमतिबारे विस्तृत अध्ययन गरेर मात्र बोल्ने उनी निकट स्रोतले बताएको छ । अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ मात्र १०बुँदे सहमति गरेको थियो, जसमा सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने उल्लेख छ । @onlinekhabar