खानेपानीको पाइपमा क्षति पुर्याउदा रिघाबासी पिउने पानीबाट बन्चित

प्रकाशित मिति:

सुरेश छन्त्यालर/गलकोट- अविरल वर्षा कारण गलकोट नगरपालिका १० पाण्डबखानीमा विभिन्न स्थानमा क्षति पुर्याएको छ । पाण्डबखानीमा रहेको मुखानखोलामा क्षति पुर्याएपछि रिघा खाने पानी तथा सरसफाइ उपभोक्ता समिति गलकोट नगरपालिका ११ रिघाका सम्पूर्ण वडाबासि खानेपानी बाट बन्चित बनेका छन् ।

पाण्डबखानीको सोरमने र अधेरी खोलामा रहेको खाने पानीको पाइप क्षेतविक्षेत हुदा गलकोट नगरपालिकाकी उप प्रमुख रेनुका काउचा, गलकोट नगरपालिकाका सब ईन्जिनियर पवन ओली, पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती, उपभोक्ता समितिका अध्यक्ष तारा श्रीस, कोषाअध्यक्ष झम काउचा, पत्रकार सुरेश छन्त्याल, स्थानीय चन्द्र श्रीस लगाएतको टोलीले अवरुद्ध भएको स्थानमा पुगि अवलोकन गरेका थिए, भने कति क्षति पुर्यायो भन्ने अझै केही जानकारी नभएको साथै केही भेगमा अवलोकन गर्न बाकि रहेको उपभोक्ता समितिका कोषाध्यक्ष झम काउचाले जानकारी दिनु भयो। यस्तो बिसम परस्थितिमा साना तथा ठुलो पहिरो त जान्छ नै तर मानिसको जीवन बाच्ने आधार नै मुख्य स्रोत पिउने पानी हो त्यसैले हामिले यसलाइ संरक्षण गर्न जरुरी रहन्छ भन्दै नगरपालिकाले यश समस्याको समाधान छिट्टै गर्ने प्रतिबद्धता गलकोट नगरपालिकाकि उप प्रमुख रेनुका काउचाले बताउनुभयो ।

त्यस्तै पाण्डबखानीमा निर्माण हुन लागिरहेको रंगशाला खेलमैदान निर्मान्धिन अवस्था रहेको खेलमैदानको पनि सोहि टोलिले अनुगमन गरेको थियो । पाण्डबखानीमा निमार्ण हुन लागेको खेलमैदानलाई संसद विकास कोषबाट १० लाख, गलकोट नगरपालिकाबाट २ लाख ५० हजार र १ लाख ६० हजार श्रमदानबाट उक्त खेलमैदान निर्माण हुने घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डबखानीका सचिव दिप घर्तिले जानकारी गराउनु भयो।