सभामुखको टिप्पणी : संविधानजस्तै प्रष्ट फैसला

प्रकाशित मिति:

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले दिएको फैसलालाई ऐतिहासिक भएको बताएका छन् । फैसलापछि इकागजसँग कुराकानी गर्दै सापकोटाले यो फैसलाले दूरगामी महत्व राख्नेसमेत बताए ।

हामीले लोकतन्त्रका सबै आयामलाई समेटेर आफ्नै मौलिकतासहितको संविधान बनाएका थियौँ । संविधान जस्तै प्रष्ट फैसला आयो । पहिलाको फैसलाभन्दा अझैँ अगाडि बढेर आउन सक्ने राजनीतिक जोखिमलाई रोक्न यो फैसला प्रष्टसँग बोलिदियोु, सापकोटाले भने,यो ऐतिहासिक फैसला नै हो । यसको बहुआयामिक दूरगामी महत्व छ ।

सभामुख सापकोटाले पछिल्लो परिस्थितिको आँकलन गर्दै प्रतिनिधि सभालाई संचालन गर्ने बताए । उनले भने,अब सभालाई जिवन्त, गतिशील, चलायमान, जनमूखी बनाउनका लागि सबैले खेल्नुपर्नेछ ।