सर्वोच्चको फैसलाको विरोधमा ओलीनिकट विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति:

नेकपा एमाले केपी ओली समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेको छ । विद्यार्थीहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको चर्को विरोध गरेका छन् ।

सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्ने निर्णय गरेलगत्तै सत्तारुढ दल एमाले (ओली निकट) युवा र विद्यार्थी संगठनले त्यसको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् ।