एमाले स्थायी कमिटीको अनौपचारिक बैठकमा अदालतकाे फैसलाबारे समीक्षा

प्रकाशित मिति:

काठमाण्डौ – नेकपा एमालेको स्थायी कमिटीको अनौपचारिक बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको बैठकले अदालतको फैसला र त्यसपछिको सम्भावित अवस्थाको बारेमा छलफल गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालत राजनीतिक विषयमा प्रवेश गरेको र क्षेत्राधिकार मिचेर फैसला गरेकोमा बैठक एकमत भएको छ । अदालतको फैसला आपत्तिजनक भए पनि कार्यान्वयन गर्नुपर्ने विषय बैठकमा उठेको एमाले नेता एवम् पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

यद्यपि अदालतको फैसला कसरी कार्यान्वयन गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्णय गर्ने नेता ज्ञवालीले जानकारी दिनुभयो ।