विपक्षी गठबन्धनबाट अलग हुने माधव नेपालको संकेत

प्रकाशित मिति:

२८ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने संकेत गरेका छन् ।सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने फैसला सुनाएपछि बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको बताएका हुन् ।

कोटेश्वरमा आफ्नो निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको बैठकमा एमाले नेता नेपालले पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उनले भने, ‘कार्यदल स्तरमा एउटा सहमति पनि भएको छ । अब त्यसलाई उहाँहरुले कुन ढंगले लागू गर्न हुन्छ हेर्नुपर्छ ।’

उनको आशय पार्टी एकता भएको अवस्थामा गठबन्धनमा नरहने भएको एक नेताले बताएका छन् । यद्यपि नेता नेपालले धेरै खुलेर नबोलेको उनले सुनाए ।