पब्जी गेमको विश्वस्तरीय प्रतियोगितामा डीआरएस, जितेको रकम परोपकारी सेवामा खर्चिने योजना
काठमाडौं । आउँदो जूलाई २२ देखि चार दिनसम्म सञ्चालन हुने पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल’ मा विश्वका शीर्ष टिमहरुले प्रतिस्पर्धा गर्दै छन् । नेपालको चर्चित पब्जी मोबाइल टिम डीआरएस गेमिङलाई सो प्रतियोगितामा खेल्नका लागि निमन्त्रणा गरिएको छ ।
प्रतियोगितामा सहभागिता जनाए बापत ५ लाख रुपैयाँ बराबरको रकम डीआरएसले प्राप्त गर्ने भएको छ । यसैबीच प्रतियोगितामा जीत हासिल गरेको खण्डमा प्राप्त हुने रकम परोपकारी सेवामा खर्च गर्ने योजना रहेको डीआरएसले जनाएको छ ।
यो प्रतियोगिताको कूल पुरस्कार राशी ३० लाख अमेरिकी डलर (करिब ३५ करोड ७३ लाख रूपैयाँ) रहेको छ । जसअन्तर्गत पीएमडब्लूआई इस्ट र पीएमडब्लूआई वेस्ट गरी ३२ देशका पब्जी मोबाइल टिम सहभागी हुनेछन् ।
Proud to reveal the PUBG MOBILE WORLD INVITATIONAL participating teams from #PMWI East & #PMWI West!
Witness intense competition between these teams from July 22-25! Let us know in the comments who you will be rooting for!#PUBGMOBILE #OWNTHECIRCLE #PMWI2021 pic.twitter.com/grTn9vMccL
— PUBG MOBILE Esports (@EsportsPUBGM) July 10, 2021