साना तथा मझौला ढुवानीको पाँचौं साधारण सभा सम्पन्न

प्रकाशित मिति:

हरिश ढकाल ,बुटवल, १७ कार्तिक । लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको पाँचौं साधारण सभा आज बुटवलमा सम्पन्न भएको छ । कुल ४ सयवटा साना तथा मझौला ढुवानीका साधनहरु रहेको सो संस्थाको साधारण सभामा बोल्ने बक्ताहरुले सवारी साधनहरुको ब्यबस्थापन र दुर्घटना न्यूनिकरण प्रमुख चुनौती बन्दै गएकोमा चिन्ता ब्यक्त गरेका छन ।

सवारी दर्ता, पार्किङ्ग लगाएतका समस्या र चुनौतीका बिषयमा सरकार गम्भिर भएर लाग्नु पर्ने अवस्था आएको चर्चा गर्दै सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधीहरुले यातायात सम्बन्धि निति, नियम र कार्यबिधि बनाउँदा सबै सरोकारवालाहरुसँग छलफल गर्न, ट्राफिक नियम लगाएतका बारेमा बिद्यालय स्तरमै पाठ्यक्रम बनाउन र दिगो बिकासको लक्ष हासिल गर्न समेत आग्रह गरेका छ ।
सभाको उद्घाटन गर्दै प्रदेश पाँचका भौतिक पुर्वाधार बिकास मन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले यातायात क्षेत्रको समस्या समाधानका लागि प्रदेश सरकार प्रयत्नशिल रहेको बताउनु भयो । बिगतमा सडक निर्माण, निति निर्माण र सवारी दर्ता गर्दा दुरदर्शिताको अभाव रहेका कारण हाल आएर समस्या उत्पन्न भएको उल्लेख गर्दै मन्त्री चौधरीले अव संघिय, प्रदेश र स्थानिय सरकारबिच समन्वय र सहकार्य गर्दै दिर्घकालिन सोंचका साथ यातायात क्षेत्रका निति निर्माण गरिने बताउनु भयो ।

बुटवल उपमहानगरपालीकाका उपप्रमुख गुमादेवी आचार्यले बुटवलमा सवारीको चाप अत्यधिक बढेको र पार्किङ्ग समस्या समाधान गर्न बिशेष खालका पार्किङ्ग स्थलहरु निर्माण गर्ने सोंच बनाइएको जानकारी गराउनु भयो । ट्रक तथा परिवहन यातायात महासंघका पुर्व अध्यक्ष अर्जुन रानाभाटले यातायात ब्यबसायीहरुको समस्याप्रति सरकार गम्भिर नरहेको भन्दै गुनासो गर्नु भयो ।  पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले यातायात क्षेत्रका धेरै समस्याहरु मध्ये चेतना अभाव पनि एक प्रकारको समस्या भएको टिप्पणी गर्दै सवारी सम्बन्धि शिक्षालाई ब्यापक बनाउनु पर्ने आवश्यक्ता औंल्याउनु भयो ।
सरोकारवाला निकाय लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघका अध्यक्ष लक्ष्मण क्षेत्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल यातायात राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, केन्द्रिय सदस्य एवं प्रदेश संयोजक यमप्रसाद पाण्डे, यातायात मजदुर भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, संघका उपाध्यक्ष दिनेश थापा, पत्रकार सन्जु पौडेल लगाएतले साना तथा मझौला ढुवानी ब्यबसाय क्षेत्रका समस्या र समाधानका उपायहरु बारेमा चर्चा गरेका गर्दै यातायात ब्यबसायी, सवारी चालक लगाएत मजदुरप्रति सरकारी दृष्टिकोणमा परिवर्तनको आवश्यक्ता रहेको तर्क गर्नु भएको थियो ।

थप समाचार