चितवनमा युवा तथा विद्यार्थीहरुद्वारा प्रधान न्यायाधीश राणाको पुत्ला दहन गर्दै नाराबाजी (फोटो फिचरसहित)

प्रकाशित मिति:

शिशिर सिंखडा, चितवन- चितवनमा युवा तथा विद्यार्थी हरुद्वारा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला दहन गर्दै नाराबाजी गरिएको छ ।

अनेरास्ववियु चितवनले भरतपुरको चौबीसकोठीमा आयोजना गरेको कोणसभा लगत्तै युवाहरूले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला दहन गर्दै नाराबाजी समेत गरेका थिए । सो पुत्ला दहन गर्दै युवा तथा विद्यार्थीहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा मुर्दाबाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका थिए ।

चौबीसकोठीमा आयोजित कोणसभामा नेकपा एमालेका केन्द्रिय सदस्य कपिलदेव पोख्रेल, एमाले भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपाने, विद्यार्थी नेता प्रकाश आचार्यले सर्बोच्च अदालतको फैसलाले लोकतान्त्रिक पद्धति र गणतन्त्र खतरामा परेको भन्दै जनताको मतको सर्बोच्चले अपमान गरेको बताएका थिए।

थप समाचार