झण्डै ११ लाखले लगाए पूर्ण खोप

प्रकाशित मिति:

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभीयान नियमित रूपमा अघि बढाउने भएको छ । गत २५ असारमा ८ लाख मात्रा भेरोसेल र हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एण्ड जोनसन खोप भित्रिएपछि सरकारले खोप अभियान नियमित गर्न लागेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको सोमबार बसेको बैठकले जोन्सन खोप पाउने प्राथमिकता निर्धारण गरेको छ । आज मंगलबारदेखि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोप पहिलो मात्रा लगाइने मन्त्रालयले जनाएको छ । भेरोसिल खोप लगाउने प्राथमिकतामा ५५ र त्यसमाथिका उमेर समूहका कोभिड–१९ विरुद्ध खोप लगाउन बाँकी नागरिक छन् । स्वास्थ्य सेवा विभाग महानिर्देशक डा। दीपेन्द्ररमण सिंहका अनुसार विश्वविद्यालयका प्राध्यापक र शिक्षकलाई भेरोसिल खोप लगाउने प्राथमिकतामा राखिएका छन् ।

त्यस्तै, सार्वजनिक यातायातका चालक र सहचालक, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकीलाई पनि भेरोसिल खोप लगाउने सरकारको योजना छ । खोप अनिवार्य देशमा जाने नागरिक पनि भेरोसिल खोपको सूचीमा छन् ।त्यस्तै, ‘जेन्सन एडी २६ सिओभी टुएस’ खोपको प्राथमिकतामा ५० देखि ५४ वर्ष उमेर समूह कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकलाई राखिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पूर्ण र अति अशक्त अपांगता ९‘क’ र ‘ख’ वर्ग०का नागरिक, शरणार्थीलाई जोन्सन एण्ड जोनसन खोपको प्राथमिकीकरण सूचीमा राखिएका छन् ।यसअघिको अभियानमा खोप लगाउन छुट भएका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीलाई पनि जोनसन एण्ड जोनसन खोप लगाइने मन्त्रालयले जनाएको छ । सो खोप हिजो सोमबारमात्रै आएकाले ‘कहिलेदेखि लगाउने भन्ने अझै निर्णय भइसकेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेल कोरोनाविरुद्ध दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकका लागि खोप व्यवस्थापन गर्न सरकार प्रयत्नरत रहेको बताउ“छन् । खोपका लागि अनलाइन दर्ता व्यवस्थासमेत गरिएको छ । सरकारको योजना कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई खोप लगाउने छ । जसअन्तर्गत् हालसम्म १० लाख ७९ हजार १ सय ९२ जनाले पूर्ण खोप लगाएका छन् ।सरकारले आगामि पुसभित्र आमनागरिकलाई खोप उपलब्ध गराइसक्ने बताएको छ । कोभ्याक्स ङ्खयासिलिटीअन्तर्गत जोनसोन एण्ड जोनसोन खोप र खरीद प्रक्रियामार्फत भेरोसिल खोप ल्याइएको हो ।यसैबीच, सोमबार देशभर २ हजार ३ सय ७० कोरोना संक्रमित थपिएका छन् । सोमबार ७ हजार ६ सय ८९ पीसीआर र ३ हजार ८ सय ९५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।हालसम्म कुल संक्रमित संख्या ६ लाख ५७ हजार १ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ । देशभर सोमबार १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ ।