पाँचौ पटक प्रधानमन्त्री बन्दै कांग्रेस सभापति देउवा, को हुन उनी ?

प्रकाशित मिति:

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। उनी पाँचौं पटक प्रधानमन्त्री बनेका हुन् । यसअघि देउवा २०५२, २०५८ , २०६१ र २०७४ मा प्रधानमन्त्री बनेका थिए । शेर बहादुर देउवा वि.स. २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका हुन् । विद्यालय शिक्षा डडेलधुरा र डोटीमा पढेर पुरा गरेका देउवा एलएसली पछि वि.स. २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएका थिए । यसपछि उहाँ नेविसंघभित्र राजनीतिमा सक्रिय देउवा विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भएका थिए ।

थप अध्ययनका लागि बीचमा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्ययन गर्न पुगेका देउवा २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बनेका थिए । गृहमन्त्री बनेको पाँच वर्षभित्रै २०५२ मा उनी मुलुकको प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । बि.स २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री देउवाले पहिलो प्रधानमन्त्री रुपमा विताए ।पार्टीको नेतृत्वमा पुग्न २०५७ मा पार्टीको दशौं पोखरा महाधिवेशनमा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिएर सभापतिमा पदमा उम्मेदवारी दिएको भएपनि हार व्यहोर्नुप¥यो।

तत्कालिन प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असार राजिनामा दिएसँगै फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उनी पुनः कांग्रेस संसदीय दलको उम्मेदवार बन्ने अवसर पाए र संसदमा पार्टीको बहुमत भएकाले उनी २०५७ साउन ७ मा दोस्रोपटक प्रधानमन्त्री बने ।मुलुकमा माओवादी द्वन्द्व चरम अवस्थामा पुगेपछि संकटकाल लगाउने वा नलगाउने भन्ने विषयमा तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग विवाद बढेसँगै कांग्रेसले उनलाई साधारण सदस्यताबाट पनि निष्कासित गरेपछि देउवाले २०५९ सालमा कांग्रेस फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे । चुनाव गराउने कार्यभार सुम्पिए पनि नसकेको भन्दै राजा ज्ञानेन्द्रले देउवालाई अक्षम घोषणा गर्दै त्यसपछि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री रहे ।

२०६१ जेठ २१ मा पूर्व राजा ज्ञानेन्द्रले पुनः उनलाई सक्षम मान्दै प्रधानमन्त्री बनाइदिए । उनी तेस्रो पटक प्रधामन्त्री बनेका देउवा ८ महिनापछि माघ १९ गते ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि देउवा सत्ताबाट हटाइए ।२०६४ मा पार्टी एकिकरण गरेर मुल पार्टीमा फर्किएका देउवा नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा वि.सं. २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय बनेका थिए ।राजनैतिक खिँचातनीका कारण सरकार टिकाउन नसकेका कारण तत्कालिन प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएसँगै उनकै समर्थनमा २०७४ जेठ २३ मा देउवा चौंथो पटक प्रधानमन्त्री बन्ने अवसर पाए । उनकै अगुवाइमा प्रदेश र संघको चुनावको नेतृत्व गरेर उनले ऐतिहासिक भूमिका खेलेकाछन् ।