पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

प्रकाशित मिति:

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ । ११ हजार १२ वटा नमुनामा कोरोना परीक्षण गर्दा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।जसमा सबैभन्दा धेरै काठमाडौंमा ४१० जना र झापामा १४८ जना संक्रमित थपिएका छन् । त्यस्तै सुनसरीमा १११, र कास्कीमा १४६ जना संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा ९७, भक्तपुरमा ८०, नुवकोट ६०, चितवनमा ५३ र मोरङमा ६० र अन्य जिल्लामा ५० जना संक्रमित थपिएका छन् ।

नेपालमा आज १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ४१२ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७८ जना कोरोना मुक्त भएका छन् ।

आजसम्म देशभर होम आइसोलेसनमा २३ हजार ४३९, संस्थागत आइसोलेसनमा २ हजार ७२२, आईसीयूमा ५८६ र भेन्टिलेटरमा १८२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।