नेपाल तरुणदलको केन्द्रिय निती अनुरुप देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रकाशित मिति:

नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल तरुणदलको केन्द्रिय निती अनुरुप तरुण दद्धारा देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत आज सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।  ७७ वटै जिल्लामा बुझाईएको ज्ञापनपत्रमा बर्तमान सरकार बिकास निर्माण, शान्ति सुरक्षा, सुशासन र पारदर्शितामा सफल हुन नसकेको उल्लेख गरिएको छ । बर्तमान सरकार गठन पछि देशमा अराजकता बढेको, भ्रष्टाचार र मुल्य बृद्धि नरोक्किएको, जहाज खरिदमा अनियमितता भएको, राष्ट्रपतिलाई १८ करोडको गाडी किन्न थालिएको, निर्मला हत्या काण्डका अपराधीलाई कारवाही नभएको र धार्मिक साम्प्रदायिकतामा खलल पुग्ने गरि एसिया पेशिफिक कार्यक्रममा सरकारले सहयोग गरेको भन्दै ज्ञापनपत्र मार्फत बिरोध जनाईएको छ ।यता रुपन्देहीमा पनि तरुण दलले पार्टि कार्यालय भैरहवाबाट निकालेको विरोध र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको हो । जिल्ला सभापती सोम वहादुर गुरुङको नेतृत्वमा तरुण युवाहरुले रुपन्देहीका प्रम्ख जिल्ला अधिकारी उदय वहादुर राना मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

उता नेपाल तरुणदल कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिंह ठकुरी , काँग्रेसका तरुण बिभाग प्रमुख जमसेद खाँ नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकिय अधिकृत प्रकाश खनाल मार्फत प्रधानमन्त्रीका लागी ज्ञापनपत्र बुझाएको हो । सरकारलाई यस्ता कार्य तत्कालै सच्याउन अनुरोध गर्दै जनताका हित अनुरुपको कार्य नगरिए सरकार बिरुद्ध तरुण दल संघर्षमा उत्रिने ज्ञापनपत्र मार्फत चेतावनी दिईएको छ । आफुहरुले केन्द्रिय परिपत्र अनुसार देशैभरीबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएको जनाउदै आफना माग पुरा नगरिए कडा संघर्षमा उत्रिने तरुणदलका जिल्ला अध्यक्ष खोम बहादुर सिंह ठकुरी (शक्ति) ले बताए ।