बालुवाटारबाट सरे निवर्तमान प्रधानमन्त्री ओली

प्रकाशित मिति:

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छोडेका छन्।

बुधबार बिहान ओली बालुवाटार छोडेर निजी निवास बालकोट सरेका हुन्। ओलीलाई एमाले नेता महेश बस्नेतको नेतृत्वमा कार्यकर्ताले बालकोटसम्म स्कर्टिङ गरेका छन्।

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका थिए।