घट्यो पेट्रोलियम पदार्थको मूल्य

प्रकाशित मिति:

काठमाडौं, मंसिर १७ /  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमको आज (सोमबार) साँझ बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २र२ रुपैयाँ घटाएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोल ११२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ। हवाई इन्धन तथा खाना पकाउने ९एलपी० ग्यासको मूल्य भने घटाएको छैन। नयाँ मूल्य आज ९सोमबार० मध्यरातबाट लागू हुनेछ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो। मूल्यमा समायोजन गरेपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ ४४ पैसा र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ८१ पैसा नाफा रहेको छ। एलपी ग्यासमा भने प्रतिसिलिन्डर २८४ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमले जनाएको छ। यो समायोजनपश्चात् पनि भारतको रक्सौलभन्दा नेपालको वीरगन्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ३२ पैसा तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँ ७१ पैसाले नेपालतर्फ नै सस्तो कायम हुनेछ।