युवा पत्रकारिता पुरस्कार चार पत्रकारलाई

प्रकाशित मिति:

काठमाडौँ- युवा पत्रकारिता पुरस्कार २०७८ बाट चारजना पत्रकार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कार २०७८ बाट जनही ५० हजार रुपैयाँको दरले बुधवार मन्त्रालयमा कार्यक्रम गरी सम्मान गरेको हो ।

पुरस्कार पाउनेमा अप्पन टेलिभिजनमा कार्यरत अजयकुमार साह शीवाली, इमेज च्यानलमा कार्यरत डोलराज रानाभाट, तरङ्ग राष्ट्रिय पाक्षिकमा कार्यरत राधा नेपाली, र जनता टेलिभिजनमा कार्यरत शिवकुमार अधिकारी छन् । पुरस्कार प्रदान समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राज्यको हरेक निकायमा पुरानो पुस्तालाई बिदाइ गर्दै युवा पुस्तालाई समेट्न सके देशको विद्यमान समस्याको समाधान हुने बताए ।

 

युवा पत्रकारहरूको भुमिका राज्यको हरेक निकायमा युवाहरूको प्रतिनिधित्व आवश्यक छ भन्‍ने वकालत गर्नु रहेको उनले बताए । पत्रकारहरूले देशलाई रूपान्तरण गर्न युवाको भुमिका महत्वपूर्ण हुने सन्देश जनतामाझ पुर्‍याउनु पर्नेमा उनले जोड दिए । पुरस्कृत पत्रकारहरूले आफुहरूले मोफसलमा रहेर युवाहरूको विषयलाई प्राथमिकतामा राखी पत्रकारिता गरिरहेको उल्लेख गर्दै पुरस्कार आफुहरूको लागि सुनौलो अवसर भएको बताएका थिए ।