युवा संघ रुपन्देहीले जलायो प्रधानन्यायाधीशको पुतला

प्रकाशित मिति:

बुटवल- राष्ट्रिय युवा संघ रुपन्देहीले परमादेश जारी गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको पुतला दहन गरेको छ। बुटवलमा आयोजना गरिएको विरोध सभापछि युवा संघले राणाको पुतला दहन गरेको हो।

 

कार्यक्रममा जिल्ला अध्यक्ष मनोज गौचन, केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक तुलबहादुर अधिकारी, केन्द्रीय उपाध्यक्ष सुमन पुरी लगायतले राणाविरुद्ध धारणा राखेका थिए।सोमवार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा परमादेश जारी गरेको थियो।

 

उक्त आदेशपछि एमाले अध्यक्ष केपी शर्मा ओली पदबाट अपदस्त भएका छन्। सोही विषयमा एमाले रुष्ट छ। यता अदालतको आदेशपछि देउवा मंगलवार प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्।