नेपाली कांग्रेसको पदाधिकारी बैठक सरयो

प्रकाशित मिति:

प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ। प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको व्यस्ताका कारण बैठक सरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार शुक्रबार दिउसो २ बजेका लागि बैठक सारिएको छ।आगामी १४औं महाधिवेशनसँगै समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउसो २ बजे बैठक बोलाइएको थियो।