सिद्धथानदेखि घुम्टे जोड्ने पद मार्ग जोडियो

प्रकाशित मिति:

सुरेश छन्त्यालर गलकोट- गलकोट नगरपालिका १० पाण्डबखानीको सिद्धथानदेखि बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक स्थल घुम्टे जाने बाटो पद मार्गमा जोडिएको छ । प्रधानमन्त्री स्वरोजकार कार्यक्रम अन्तर्गत गलकोट नगरपालिकाबाट विनोजित आर्थिक वर्ष ०७८/७९ को बजेट रु. ५ लाख ६७ हजार रकमबाट ४५५ मिटर सोलिङ र ३५० मिटर सेडी गरि जम्मा ८ सय मिटर पद मार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष गंगबहादुर काउचाले जानकारी दिनुभयो।

त्यस्तै ५० हजारको श्रमदान भएको पद मार्ग निर्माण कार्य असार १५ देखि सुरु भइ असार ३० गते समापन भएको अध्यक्ष काउचाले जानकारी दिनु भयो, साथै यश पद मार्ग निर्माण भए संगै घुम्टे लेखमा पुगेर घुम्टेमा रहेको धार्मिक स्थलहरुको दर्शन गर्न पुजा आजा गर्न सहज हुने र विशेषगरी आन्तरिक व्याय पर्यटनहरुलाइ सहज हुने सिद्धथान सामुदायिक होम स्टेका अध्यक्ष खिमबहादुर पुनले जानकारी दिनु भयो। यश अघि घुम्टे जानलाइ असहज हुनुका साथै धेरै समय खर्चिनु पर्ने बाध्यता थियो, अब त्यो बाध्यता अन्त्य भएको सिद्धथान सामुदायिक होम स्टेका अध्यक्ष पुनले बताउनु भयो।