मोटर साईकल दुर्घटना हुँदा चालकको मृत्यु !

प्रकाशित मिति:

सबलपोस्ट मङ्सिर १८ बुटवल । बिहान करिब ६:०० बजेको समयमा पाल्पा जिल्ला तिनाउँ गाउँपािलका- ३ हेडबक्स नजिकै बुटवल बाट पाल्पा तर्फ जाँदै गरेको लु. ३० प ४१९३ नं.को मोटरसाईकल ले बाटोमा हिडीरहेको गाईलाई बचाउने क्रममा अनियमित भई सडक देखी करिब१०० मिटर तल तिनाउँ खोलाको किनारामा खस्दा मोटरसाईकल चालक पाल्पा जिल्ला तानसेन
नगरपािलका वडा नं.- ९ मदनपोखरा बस्ने बर्ष ३७ का गणेश रेग्मी क्षेत्रीको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी निरिक्षक अमृत भण्डारी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ ।