टोकियो ओलम्पिकमा जाने टोलीलाई राष्ट्रपतिले गरिन् बिदाई

प्रकाशित मिति:

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानमा हुने ओलम्पिकमा भाग लिन जाने नेपाली टोलीलाई बिदाई गरेकी छन् ।

भण्डारीले आज खेलाडी तथा प्रशिक्षक र व्यवस्थापकको टिमलाई बिदाई गरेकी हुन् ।राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपति भण्डारीले खेलाडी तथा व्यवस्थापन टिमलाई बिदाई गरेकी हुन् ।

जापानको राजधानी टोकियोमा हुने ३२ औँ गृष्मकालिन ओलम्पिकमा सहभागी हुने टिमलाई उनले शुभकामना पनि दिइन् ।