जोर-विजोर हटाउँदै साउन १५ गतेसम्म रुपन्देहीमा निषेधाज्ञा

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म लम्बिएको छ । आज बसेको डिसिएमसीको बैठकले अझ खुकुलो बनाएर निषेधाज्ञालाई साउन १५ गतेसम्म लम्बाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी  जानकारी दिए ।

बैठकले सवारी साधनमा जारी गरिएको जोर–विजोर प्रणाली हटाउने निर्णय गरेको छ । यस्तै विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जना भन्दा धेरै राख्न नपाउने साथै व्यापार व्यवसाय अब जतिबेला पनि सञ्चालन गर्न पाईने गरि अनुमति दिने निर्णय भएको छ ।