युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट

प्रकाशित मिति:

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोको आईपीओ बाँडफाँट गरिएको छ । धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहीबार साँझ आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीका आईपीओमा आवेदन गरेका २१ लाख १२ हजार ७ सय ९९ योग्य आवेदक मध्ये ५ लाख ८० हजार ५ सय जनाले न्युनतम १० कित्ता सेयर पाएका छन् ।असार २४ गते देखि २८ गतेसम्म कम्पनीको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लािग निश्कासन गरिएको थियो ।कम्पनीको सेयरमा ५.९२ गुणासम्म बढी सेयर माग गर्दै आवेदन परेको थियो ।कुल ६४ लाख ५० हजार कित्ता सेयर मध्ये सामुहिक लगानी कोषलाई ३ लाख २२ हजार ५ सय कित्ता र कर्मचारीलाई ३ लाख २२ हजार ५ सय कित्ता छुट्याइएको थियो ।

कम्पनीको सेयर बाँडफाँटको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com/, सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ , युनियन लाइफ इन्स्योरेन्सको वेवसाइट  https://iporesult.unionlife.com.np बाट समेत नतिजा प्रकाशित भएपछि हेर्न सकिने बिक्री प्रबन्धक कम्पनीले जानकारी दिएको छ ।