पाँच दलका नेतासँग प्रधानमन्त्री देउवाको छलफल

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार पाँच दलहरूसँगको वार्तालाई तीव्रता दिनुभएको छ ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सत्ता साझेदार पाँच दलका नेताहरूबीच छलफल भएको हो । छलफलमा समसामयिक राजनीतिक विषय र मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका माधवपक्षीय नेता डा। विजयकुमार पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का सहभागी छन् ।यसअघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना नेताले मन्त्रीको कार्यभार सम्हालिसकेका छन् । छलफलमा विश्वासको मतको विषय पनि उठान भएको छ ।

माधवकुमार नेपाल पक्षले विश्वासको मत नदिएको अवस्थामा वर्तमान सरकारको आयु सात महिनामा मात्र हुनेछ भने विश्वासको मत दिएको खण्डमा डेढ वर्षको रहेनछ ।