पादरीसँग हाेइन नेपालकै शहीदसँग झुक्नुस : नेता लम्साल

प्रकाशित मिति:

बुटवल । एशिया प्यासिफिकि सम्मेलनका विषयमा अहिले विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् । शुक्रबारदेखि राजधानीमा शुरु भएको सम्मेलन एउटा नितान्त आइएनजिओको कार्यक्रम भए पनि यसमा सरकारले संलग्नताका विषयमा टिप्पणी गरिएको हो । यो कार्यक्रमलाई राजनीतिक दलका नेताहरुले पनि त्यति रुचाएका छैनन् । उनीहरुले यो कार्यक्रम आइएनजिओको भएको र क्रिष्चियन धर्म प्रचार गर्नका लागि गरिएको कार्यक्रममा सरकारको सहभागिता हुनु दुर्भाग्य भनि टिप्पणी गरेका छन् ।”

‘नेपाली कांग्रेसका युवा नेता तथा रुपन्देही ४ का क्षेत्रिय सभापति हरि लम्सालले प्रधानमन्त्रीले पादरीहरुबाट आर्शिवाद लिएको प्रति कडा टिप्पणी गरेका छन् । उनले नेपालकै चार शहीदहरु दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीसँगै कम्युनिष्टका संस्थापकहरु पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्वीरसँग आर्शिवाद माग्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता लम्सालले विपी कोइरालासँग पनि आर्शिवाद लिन सकिन्छ भन्दै ती पादरीसँग नझुक्न प्रधानमन्त्रीलाई आग्रह गरे । उनले भने ‘प्रधानमन्त्री झुक्दा सारा नेपाली पादरीसँग झुकेको हुन्छ। त्यसैले हाम्रो शिर पादरी सामुन्ने नझुकाईदिनुुस।’

थप समाचार