नेपालले एभीसी सिनियर महिला भलिबल च्याम्पियनशिप नखेल्ने

प्रकाशित मिति:

काठमाण्डौ – नेपालले एभीसी सिनियर महिला भलिबल च्याम्पियनशिप नखेल्ने भएको छ । फिलिपिन्समा आउँदो अगस्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने महिला भलिबल च्याम्पियनशिपबाट नेपालले नाम फिर्ता लिएको हो ।

प्रतियोगिताको समूह विभाजनमा नेपालको नाम उल्लेख छैन । सुरुमा १७ टोली खेल्ने भनिए पनि विभिन्न देशले नाम फिर्ता गरेपछि अब प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । एभीसीले सार्वजनिक गरेको तालिकामा समूह ुएु मा आयोजक फिलिपिन्स, काजकिस्तान, उज्वेकिस्तान र चाइनिज ताइपेई तथा समूह बीु मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अस्ट्रेलिया रहेका छन् ।

नेपालको महिला टोलीले पहिलो पटक यस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन नपाएको हो । यो निर्णयले नेपाली महिला भलिबल टोलीको भावनामा चोट पुगेको नेपाल भलिबल सङ्घले जनाएको छ ।त्यस्तै नेपाली महिला भलिबल खेलाडीको बन्द प्रशिक्षण स्थगित गरिएको सङ्घले जनाएको छ ।