किन पोल्याण्ड पुगिन राष्ट्रपति भण्डारी ?

प्रकाशित मिति:

काठमाडौं, १८ मंसिर– राष्ट्रपति विद्यादेवी भण्डारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको २४ औँ सम्मेलनमा भाग लिन पोल्याण्ड पुगेकी छिन् ।

दक्षिण एसियाली मुलुकबाट उक्त सम्मेलनमा भाग लिने भण्डारी एक मात्र राष्ट्रप्रमुख हुन् । सम्मेलनमा जलवायु परिवर्तनको सबैभन्दा बढी प्रभाव परेका एसियाली मुलुक भारत र चीनले समेत सम्मेलनमा विभागीय मन्त्रीलाई पठाए पनि नेपालबाट राष्ट्रपति आफैं उक्त सम्मेलनमा सहभागी भएकी हुन् । नागरिक दैनिकबाट