जनकपुरधामा– प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रबाट दुईजना मन्त्रीले सपथ लिएका छन् ।शनिबार प्रदेश प्रमुख डा। राजेश झा (अहिरा)ज ले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा सपथ खुवाएका हुन् ।
साह महोत्तरी क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् । दुवै मन्त्रीले सपथ मातृ भाषामा गर्ने इच्छा व्यक्त गरे पनि कानुनी जटिलताका कारण नेपाली भाषामै सपथ ग्रहण गराइएको थियो ।माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुईजना मन्त्रीको राजीनामा आजै मुख्यमन्त्री राउतले स्वीकृत गरेका थिए । मुख्यमन्त्री राउत समक्ष आन्तिरक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार राजीनामा बुझाएका थिए ।
जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्ठ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएको थिए । सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर मन्त्रालय बाँडफडमा कुरा नमिलेपछि सरकारमा सहभागी भएको थिएन ।