अमेरिकी फुटबल खेलाडी बोकेको बस दुर्घटना, एकको मृत्यु

प्रकाशित मिति:

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १७ मङ्सिर/  अमेरिकाको दक्षिणी राज्य अकान्सामा युवा फुटबल खेलाडीहरूको टोली लिएर हिँडिरहेको बस सोमबार दुर्घटना हुँदा बसमा यात्रारत एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बसमा करिब ४० जना रहेका र अधिकांश बालबालिका रहेका थिए ।

टेक्सासको डल्लास शहरबाट युवा समूहको प्रतिस्पर्धामा सहभागी भै टेनिसीको मेम्फिसतर्फ गइरहेका वेला बस अर्कान्साको बेन्टनमा नियन्त्रण गुमाउँदा सडकमा पल्टिन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ ।
अर्कान्सा राज्यको प्रहरीले आफ्नो फेसबुक पोष्टमा घटनाबारे जानकारी दिँदै भनेको छ, “बस दुर्घटनामा एक बालकको मृत्यु भएको र अधिकांश बालबालिकासहित कम्तीमा ४० जना घाइते भएका छन् ।”

“घाइतेहरू सबैको लिटिल रक र बेन्टनस्थित स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।”
बस चालक जीवित रहेको र दुर्घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

(रासस÷एएफपी)