सांसद मल्लको पहलमा स्याङ्जा क्षेत्र नं २ को (ख )का प्रत्येक वडालाई प्रदेशसरकार द्धारा रकम विनियोजन

प्रकाशित मिति:

३ साउन, स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित गण्डकी प्रदेश सभा सदस्य तथा सांसद् भागवत् प्रकाश मल्लको विशेष पहलमा स्याङ्जा जिल्लामा विभिन्न विकास योजनाहरुलाई नयाँ आर्थिक वर्ष २०७८/७९ का गण्डकी प्रदेश अन्तर्गतका वार्षिक कार्यक्रममा ठुलो रकमको बजेट विनियोजन भएको छ । मल्लले स्याङ्जा जिल्लाका सडक निर्माण र स्तरोन्नति, सिंचाइ आयोजना, विद्यालय भवन, खानेपानी, सामुदायिक भवन, सालिक निर्माण आदि विकास योजनाका लागि विभिन्न शीर्षकमा ठुलो बजेट रकम पार्न सफल भएका छन् ।

स्याङ्जा क्षेत्र नं २ मा अहिलेसम्मकै सबैभन्दा बढी योजना मल्लकै पहलमा यसै आर्थिक वर्षमा परेका छन् । सांसद मल्लको क्षेत्र नं २ ख मा भएका २६ वटा वडामै बजेट विनियोजित भएको छ । चापाकोट, गल्याङ, भीरकोट, कालीगण्डकी, वालिङ अन्तर्गतका विभिन्न योजनाहरुमा प्रशस्त रकम विनियोजन भएको छ । मल्ल स्याङ्जा जिल्लाका स्थापित युवा नेता हुन् । वि.स. २०७४ को आम निर्वाचनमा स्याङ्जा जिल्लामा सबै क्षेत्र नेकपाले जितेको अवस्थामा एक मात्र प्रदेश काङ्ग्रेसले जितेको थियो । त्यो एकमात्र प्रदेश जित्ने उनै मल्ल थिए । मल्लको लोकप्रियताका कारण काङ्ग्रेसले स्याङ्जाबाट कठिन स्थितिमा पनि प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रतिनिधित्व पाएको थियो । नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष समेत रहेका मल्ल युवाहरुका बिचमा निकै लोकप्रिय नेता मानिन्छन् । उनले युवाहरुको संरक्षण र प्रतिभा विकासमा समेत विभिन्न ढङ्गले सहयोग गरिरहेका छन् । खेलकूद क्षेत्रमा लाग्ने युवाहरुलाई उनको प्रेरणा र सहयोग निरन्तर रहँदै आएको छ ।

पछिल्लो समय गण्डकी प्रदेशमा उनकै विशेष पहलमा नेपालको इतिहासकै पहिलो प्रदेश सरकार प्रमुखको नेतृत्व गर्ने अवसर काङ्ग्रेसले प्राप्त गर्‍यो । उनकै रणनैतिक प्रयासकै कारण गण्डकीमा काङ्ग्रेसको नेतृत्वमा सरकार बन्न सफल भएको छ । उनकै कारण काङ्ग्रेस लगायतका दलको गठबन्धनको सरकार बनेको कुरा गण्डकी प्रदेशका माननीय खेलकूद मन्त्री दीपक मनाङेले सार्वजनिक मन्तव्यमै विशेष जोड दिएर उल्लेख गरेका छन् । गण्डकी प्रदेशमा सरकार बन्दै गर्दा स्याङ्जाबाट भागवत् प्रकाश मल्ललाई सरकारमा सहभागी बनाउन पाए स्याङ्जाको विकासमा उल्लेख्य काम हुने ठानी सामाजिक सञ्जालमा उनलाई सरकारमा लैजानुपर्ने युवाहरुका आवाजहरु बाक्लै देखिए । यसबाट पनि उनको लोकप्रियता जनताबिच कति छ भन्ने स्पष्ट भएको छ ।

युवाहरुको मनमुटुमा बसिरहेका सांसद मल्ललाई मन्त्री बनाएर ठुला विकास आयोजनालाई स्याङ्जामा भित्रयाउने जनताको धोको थियो । मन्त्री बनाउने जनताको धोको पूरा हुन्छ वा हुन्न त्यो समयले नै बताउला तर जनताको विकासको धोको भने सांसद मल्लले मन्त्री नै नभए पनि पूरा गरेका छन् । विकासको इच्छाशक्ति हुने हो भने काम गर्न पद नै चाहिन्छ भन्ने पनि हुँदो रहेनछ भन्ने कुरा अन्ततः मल्लले प्रमाणित गरेका छन् ।

गण्डकी प्रदेशबाट आ.ब. २०७८/७९ को वार्षिक विकास कार्यक्रममा समावेश योजनाहरु- स्याङ्जा क्षेत्र नं. २