भारतद्वारा नेपाललाई १५० थान आईसीयू बेड सहयोग

प्रकाशित मिति:

काठमाडौं । भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड सहयोग गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बेड हस्तान्तरण गरे ।

कार्यक्रममा कार्कीले महामारीको समयमा गरेको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए ।

 

भारतीय राजदूत विनय मोहन क्वात्राले आपसी सहयोगले दुई देशबीचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरे ।