सन्दीप लामिछाने जेभियर कलेजको ‘स्टुडेन्ट’ भएपछी ,,,,,,

प्रकाशित मिति:

काठमाडौं , १८ मंसिर – राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । उनले बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मंगलबार बिहान आफैं पुगेर भर्ना फारम भरेका थिए ।

कलेजका अनुसार सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क)मा भर्ना भएका हुन् । उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर पनि हुन् ।

सो कलेजले गरीब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिने गरेको छ । सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजले बताएकाे छ ।