गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा स्वागत एंव छलफल कार्यक्रम

प्रकाशित मिति:

न्यूयोर्क, अमेरिका: गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का अध्यक्ष श्री सोमनाथ घिमिरे र उपाध्यक्ष शुवर्ण लामाले गिरिजा प्रसादकोइराला फाउण्डेशन अमेरिकाको कार्यालयमा वरिष्ठ वाद्यवादक नुच्चे नारायण डंगोल, वरिष्ठ गायक डा. महेश राज ठाकुर, युवा नेता हरु क्रमश: प्रकाश ज्ञवाली, गणेश श्रेष्ठ र किशोर खतिवडा लाई स्वागत गर्नु भयो।

उक्त कार्यक्रममा नेपाली भाषा, कला, संस्कृति, गीत र संगीत अमेरिकामा कसरी संरक्षण, प्रवर्दन र प्रचार गर्ने भन्नेमा र सामाजिक विषयमा व्यापक छल्फल भएको थियो।अध्यक्ष घिमीरेले अमेरिकाको न्युयोर्क राज्य र स्थानीय सरकार सॅंग सहकार्य गर्दै हामी सबै नेपाली एकजुट भएर अगाडी बडे संभव छ भन्नु भयो। वरिष्ठ गायक एंव दुई पटक राष्ट्रीय पुरष्कार वाट सम्मनित डा.महेश राज ठाकुरले, आफुले अंग्रेजीमा पि.एच.डी गरे पनि पहिले त म कलाकार नै हु र नेपाली गीत संगीत देश विदेश सबै तिर संरक्षण, प्रवर्दन र प्रचार गर्ने हामी सबैको दायित्व हो भन्नु भयो।

ने.का. युवा नेता प्रकाश ज्ञवालीले यस फाउण्डेशनले न्युयोर्कको व्यस्तता बावजुद समाज प्रति समर्पित भएर गरेको कार्यको उच्च मुल्यांकन गर्दै मेरो सलुट छ भन्नु भयो र वॅंहाले अध्यक्ष सोमनाथ घिमीरे सॅंग विराटनगरमा हुदां २०४५ सालमा ने.वि. संघमा आबध्द भएर प्रजातन्त्रको आन्दोलनमा होमिएको स्मरण गराउनु भयो। वरिष्ठ वाद्यवादक नुच्चे नारायण डंगोलले नेपाली कला संस्कृती अमेरिकामा संरक्षण, प्रवर्दन र प्रचार गर्न सधैंभरि तयार छु भन्नु भयो।चियापान गर्दै कार्यक्रमको अन्त्यमा फाउण्डेशन का उपाध्यक्ष श्री सुवर्ण लामाले तपाईहरु उपस्थित भएर नेपाल र नेपालीको हितका लागी यसरी छलफल गर्न पाएकोमा आफु हर्षित भएको भन्दै वहाँले आगामी दिनहरूमा फाउन्डेशनले के  कसरी सहयोग गर्न सक्छ, फाउण्डेशन सधै तयार छ भन्नु भयो।