अध्यादेशबाट कर्मचारी समायोजन बिधेयक पारित , अब कर्मचारी समायोजनको बाटो खुल्ने

प्रकाशित मिति:

काठमाण्डौ मंसीर,१८। कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद् बैठकबाट पारित भएकोे छ।

सोमबार साँझ सिंहदरबारमा बसेको बैठकले विधेयक स्वीकृत गरेको हो। अब विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइने छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानूनको रुप लिनेछ र कार्यान्वयनमा जानेछ ।

विधेयक स्विकृत भएसँगै देशभर देखिएको कर्मचारी अभावलाई हटाउन सरकारलाई थप राहत मिल्ने अनुमान गरिएको छ । बिधेयकमा खटाएका क्षेत्रमा कर्मचारी नगए कारवाही गर्ने प्रावधान राखिएको बताइएको छ ।

विधेयकको मस्यौदालाई अन्तिम रुप दिन भन्दै हिजो विभिन्न ट्रेड युनियनका प्रतिनिधि तथा अन्य सरोकारवाला पक्षहरूसँग सरकारले छलफल गरेको थियो।