अदालतले संविधानको सीमा सम्झाएको हो , प्रधानमन्त्री नियुक्त गरेको होइन : मिनेन्द्र रिजाल

प्रकाशित मिति:

काठमाडौं, साउन ३ । कांग्रेस सांसद डा: मिनेन्द्र रिजालले कांग्रेसले संविधानका संरचना भत्काउने काम कहिल्यै नगरेको र नगर्ने बताएका छन् । पूर्ववर्ती सरकारले सत्तामा आएदेखि नै संविधानका संरचना भत्काउन थालेको उनले बताए । संविधानको धारा ७६ ९५० सांसदको विवेकको मतबाट सरकार गठनको प्रबन्ध रहेको उनले प्रष्ट्याए । संविधानले प्रधानमन्त्री बनाएको नभई संवैधानिक संरचना भत्काउनेहरूलाई संविधान सम्झाएको उनले बताए ।

बीपी कोइरालाले सत्य बहुआयामिक भएको बताएको र नेल्सन मन्डेलाले सत्यमाथि कसैको एकाधिकार नहुने सम्झाएको उल्लेख गर्दै डा। रिजालले आफूले देखेको मात्र सत्य भन्ने प्रवृत्ति नेपालमा अहिले पराजित भएको बताए ।दुई तिहाइको अहंकारले अहिलेको परिस्थिति निम्तिएको उनले बताए । संविधानमा आफूलाई मन परेका धारा रहन्छन् र मन नपरेका धाराको अभ्यास नै गर्न नपाइने सोच गलत भएको उनले बताए ।कांग्रेसले पञ्चायत र शाही शासन कालको अदालतबाट पनि न्यायको अपेक्षा गरेको उनले स्मरण गरे ।