पत्रकारद्धय सुरेश परियार र अनिता चौधरी सम्मानित

प्रकाशित मिति:

रुपन्देहीका पत्रकार सुरेश परियार र अनिता चौधरी सम्मानित भएका छन् ।सैनामैना उद्योग वाणिज्य संघको सातौँ साधारण सभा तथा तेस्रो अधिबेशनको पदस्थापन कार्यक्रममा पत्रकारद्धय सुरेश परियार र अनिता चौधरी नगदराशी सहित सम्मानपत्रद्धारा आज सम्मानित भएका हुन् ।

पत्रकारिताको माध्यमबाट उधोग,ब्यवसाय,प्रबद्र्धनमा पुर्योएको योग्दानको मुल्याङकन गर्दै उत्कृष्ट पत्रकार घोषित गर्दै पत्रकारद्धयलाई सम्मान गरेको हो । नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ र संघका अध्यक्ष राज बहादुर क्षेत्रीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।सम्मानित हुने पत्रकारद्धयले पत्रकारिताको क्षेत्रबाट उधोग,ब्यवसाय,प्रबद्र्धनमा सधै कलम चलाउने बताउदै आयोजक प्रति सह धन्यवाद ज्ञापन गरे ।