सबलकर्मी सुरेश परियार सम्मानित

प्रकाशित मिति:

साउन ३ गते-रुपन्देहीका पत्रकार सुरेश परियार सम्मानित भएका छन् ।सैनामैना उद्योग वाणिज्य संघको सातौँ साधारण सभा तथा तेस्रो अधिबेशनको पदस्थापन कार्यक्रममा पत्रकार परियार नगदराशी सहित सम्मानपत्रद्धारा आज सम्मानित भएका हुन् ।पत्रकारिताको माध्यमबाट उधोग,ब्यवसाय,प्रबद्र्धनमा पुर्योएको योग्दानको मुल्याङकन गर्दै उत्कृष्ट पत्रकार घोषित गर्दै पत्रकार परियारलाई सम्मान गरेको हो । नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ र संघका अध्यक्ष राज बहादुर क्षेत्रीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

सम्मानित हुने पत्रकार सुरेश परियारले पत्रकारिताको क्षेत्रबाट उधोग,ब्यवसाय,प्रबद्र्धनमा सधै कलम चलाउने बताउदै आयोजक प्रति सह धन्यवाद ज्ञापन गरे । पत्रकार सुरेश परियार सामुदायिक रेडियो सैनामैनाका स्टेशन म्यानेजर,राज्य टेलिभिजन,राष्ट्रिय दैनिक पत्र,खवरपात्रो अनलाईन,सबल पोष्ट लगायत मिडियामा आवद्ध छन । उनी रुपन्देहीका कान्छा पत्रकारको रुपमा परिचित छन् ।