कोरोनाको कहरबाट कलेजो जोगाउन यस्तो उपाय अपनाउनुस्

प्रकाशित मिति:

रोनाको दोस्रो लहर सबै उमेरका मानिसका लागि खतरनाक छ । यसले फोक्सो मात्र नभई शरीरका अन्य महत्त्वपूर्ण अंगहरूलाई पनि नराम्रो असर पार्छ । कलेजोमा पनि कोरोनाले असर पार्छ । कलेजोले शरीरमा ५०० भन्दा बढी काम गर्छ । खानेकुरा पचाउने, विषाक्त पदार्थ बाहिर निकाल्ने, शरीरलाई ऊर्जा दिने, रोगहरूबाट लड्ने शक्ति दिने काम कलेजोले नै गर्छ । त्यसैले कलेजोलाई सुरक्षित राख्नु जरूरी छ ।

यहाँ हामी कलेजो स्वस्थ राख्ने उपायहरू सुझाउँदैछौं ।कलेजोलाई बलियो बनाउन पालुंगो र गाजरको जुस पिउने गर्नुस् ।लौका, अलिकति बेसार, धनियाँ, गिलोय र वीरे नून राखेर जुस बनाउनुस् । यसले कलेजोका सबै फोहर निकालिदिन्छ । हरियो सागपात खाने गर्नुस् । लसुनले पनि कलेजोको फ्याट हटाउँछ । लस्सीले पनि फाइदा गर्छ ।कलेजो सुन्निएको छ भने गाजर, अमला र सीधे नून राखेर जुस बनाउनुस् ।राति सुत्नुअघि दूधमा बेसार राखेर पिउँदा पनि कलेजोलाई फाइदा हुन्छ ।भिटामिन सी प्रचुर भएको अमला पनि कलेजोका लागि लाभदायक छ ।

दूध हालेको चिया भन्दा पनि ग्रीन टी पिउने गर्नुस् । एन्टीअक्सिडेन्ट भरपूर भएको ग्रीन टीले शरीरबाट विषाक्त तत्त्व बाहिर निकाल्छ । करेला पनि कलेजोका लागि गुणकारी हुन्छ । दिनको एक गिलास करेला जुसले कलेजोलाई स्वस्थ राख्छ । तीतो भएर जुस पिउन सक्नुभएन भने करेलाको तरकारी खानुस् ।बाहिरको तारेको वा भुटेको वा गुलियो खानेकुरा नखानुस् । हलुका व्यायाम गर्ने गर्नुस् । साभार लोकान्तर