राष्ट्रसंघको शान्ति मिसनमा सबैभन्दा बढी सेना/प्रहरी पठाउने राष्ट्रको सूचीमा नेपाली दोस्रो नम्बरमा

प्रकाशित मिति:

काठमाडौं। संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सबैभन्दा बढी शान्ति सेना तथा प्रहरी पठाउने राष्ट्रको सूचीमा नेपालमा दोस्रो नम्बरमा उक्लेको छ।

यसअघि नेपाल उक्त सूचीमा तेस्रो नम्बरमा रहेको थियो। राष्ट्रसंघले हालै प्रकाशन गरेको नयाँ सूचीमा पहिलोदेखि पाँचौ नम्बरसम्म क्रमशः बंगलादेश, नेपाल, भारत, इथियोपिया र रुवान्डा रहेको नेपाली सेनाले जनाएको छ। हाल शान्ति मिसनमा नेपालबाट ५ हजार ५७१ जना सहभागी छन्।