टोकियो ओलम्पिक हुने रंगशालामा जापानी युवती बलात्कृत, सहमतिमै भएको आरोपीको दाबी

प्रकाशित मिति:

टोकियो ‌ओलम्पिक सुरु हुन केही दिनमात्र बाँकी छँदा प्रतियोगिताका खेलहरु हुने राष्ट्रिय रंगशालामा एक जापानी महिलालाई बलात्कार गरेको आरोपमा त्यहाँ अध्ययनरत उज्वेकिस्तानका युवा पक्राउ परेका छन्। ३० वर्षीय ती युवा र ती युवती उक्त रंगशालामा केही समयदेखि काम गरिरहेका थिए।

२० देखि ३० वर्षको उमेरकी ती युवतीले गत शनिबार राती ९ बजेको समयमा दाभ्रोनबेक रखमतुल्लाएभले आफुलाई बलात्कार गरेको उजुरी गरेको जापानी सन्चार माध्यमले बताएका छन्। आफुलाई दर्शक बस्ने सिटलगायत विभिन्न ठाउँमा बलात्कार गरेको ती युवतीको दावी छ।

दुवै जना त्यसअघि कहिल्यै नभेटेको जनाइएको छ। रखमतुल्लाएभले युवतीको सहमतिमै शारिरिक सम्पर्क भएको दावी गरेका छन्। उनी सन् २०१४ मा विधार्थी भिसामा जापान पुगेका थिए।