पौडेल समूहको निर्देशन : प्रक्रियाविपरीत आएका सदस्यता नमान्‍नू

प्रकाशित मिति:

काठमाडौँ- नेपाली कांग्रेसको नेता रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता छानबिनका सम्बन्धमा भइरहेको कामबारे जानकारी लिएको छ । समूहका तर्फबाट क्रियाशील सदस्यता छानबिन समितिमा सदस्य रहेका केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरुङसँग नेताहरूले क्रियाशील सदस्यता विधि, पद्धती अनुरुप भइरहेको छ कि संस्थापनले जबरजस्ती गरिरहेको छ भन्‍नेबारे जानकारी लिएका हुन् ।

बैठकमा सहभागी छानबिन समितिका सदस्य रहेका पौडेलले आफूहरूसँग नेताहरूले क्रियाशील सदस्यता सम्बन्धमा अहिलेसम्म भएका प्रगति र अफ्‍ट्याराबारे जानकारी लिएको बताए ।नेताहरूले क्रियाशील सदस्यताबारे छानबिन समितिमा के भइरहेको छ भनेर हामीसँग जानकारी लिनु भएको हो,पौडेलले इकागजसँग भने, अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको थियो । त्यो बाहेक अन्य कुनै विषयमा छलफल भएन ।

अब नेताहरूले क्रियाशील सदस्यता वितरणमा देखिएको विवादबारे आफ्नो धारणा तय गर्नेछन् ।पार्टी महामन्त्री डा।शशांक कोइरालाको निवास महाराजगञ्‍जमा भएको वैठकमा नेता पौडेल, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा।रामशरण महत, डा।शेखर कोइराला, डा।मीनेन्द्र रिजाललगायतका नेता थिए ।पार्टी केन्द्रीय कार्यालयमा सदस्यता विवादमा बारा र धनुषाका नेता कार्यकर्ताले धर्ना दिइरहेका छन् ।