काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले माधव नेपाल पक्ष र केपी शर्मा ओली पक्षका २२ सांसद छलफलमा जुटेका छन् ।सोमबार एमाले केन्द्रीय कमिटी बैठकले मतदान गर्ने सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेपछि उनीहरु काठमाडौंको डल्लुमा छलफल गरिरहेका छन् ।केन्द्रीय किमटी बैठकमा पार्टी अध्यक्ष ओलीले पार्टी निर्णय विपरीत भोट हाल्ने सांसदहरुलाई स्पष्टिकरण सोध्ने सम्बन्धीको प्रस्ताव राखेका थिए ।
यस्तै छलफलमा नेपाल समूह सरकारमा जानेरनजाने विषयमा पनि कुराकानी भइरहेको छ । छलफलमा उपस्थित एक नेताले भने, आज सोधिएको प्रस्टीकरण र आगामी कार्ययोजनाबारे छलफल गर्न भेला भएका हौं । यस्तै सरकारमा जाने नजाने विषयमा पनि कुरा हुन्छ ।विश्वासको मत दिने ओली पक्षका ८ सांसदमध्ये गोपाल९किसन० श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् । नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी थिए ।
नेपालका पक्षका योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, सरेन्द्र पाण्डेलगायतले विघटन कार्यदलले दिएको १० बुँदै समझदारी अनुसार पार्टी विवाद अन्त्य गर्नुपर्ने भन्दै बैठकमा सहभागी भएका थिएनन् । नेपाल पक्षका सांसद समेत रहेका उपाध्यक्ष भिम रावलले संसद् भवन अगाडि नै सांसद पदबाट राजीनामा दिएको पत्र पढेर सुनाएका थिए ।