विगत र वर्तमान दुवैको हालत उस्तै

प्रकाशित मिति:

असार २० गते पूर्वी चितवनको सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको भिसेरा परीक्षणको रिपोर्ट आउन अझै ढिलाई हुने भएको छ ।परीक्षणका लागि शव पठाइएको १० दिनभन्दा बढी समय बितिसक्दा पनि अझै रिपोर्ट बाहिर आएको छैन । अन्य परीक्षणबाट शवको सत्यतथ्य पत्ता लाग्न नसकेपछि आन्द्राभुँडीको परीक्षण गरिन्छ । त्यसलाई मेडिकल भाषामा भिसेरा टेष्ट भनिन्छ ।

सुजिताले असार ११ गते दिदीलाई आफू अपहरणमा परेको भन्दै फोन गरेकी थिइन् भने प्रहरीले अहिलेसम्म त्यसबारे पत्तो लगाएको छैन ।उता हालका प्रधानमन्त्री शेर बहादुर देउवाकै क्षेत्र सुदूर पश्चिमको कञ्चनपुरमा झण्डै ३ वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले उक्त घटनाको बारेमा छानबिन गरिरहेको बताए पनि पीडित परिवारले भने न्याय पाउन सकेको देखिँदैन ।

२०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारी नजिकै फेला परेको थियो ।घटनाको दुई दिनपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी० टोलीले ४१ वर्षीय दिलीपसिंह बिष्टलाई घटनामा संलग्न भएको आशंकामा पक्राउ गरेको थियो ।तर बिष्टको डीएनए परीक्षण निर्मलासँग नमिलेपछि घटना अन्यत्रै मोडिएको हो । त्यसपछि स्थानीयले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी थप छानबिनको माग गरेका थिए । सरकारले गठन गरेको विशेष छानबिन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको थियो ।

#साभार जनआस्था