शंकर पोखरेल भन्छन्– पार्टीमा शुद्धीकरण आवश्यक थियो, फ्लोर क्रसले आधार दियो

प्रकाशित मिति:

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले देउवालाई विश्वासको मत दिने सांसदहरुले पार्टी शुद्धीकरणको अभियानका लागि आधार प्रदान गरेको बताएका छन्।पार्टीमा चरम अनुशासनहीनता र अराजकताको स्थिति सिर्जना भएको अवस्थामा शुद्धीकरण अभियान आवश्यक रहेको पोखरेलको भनाइ छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले पार्टीलाई अराजकताबाट जोगाउन सबै मिलेर अनुशासनतर्फ फर्काउनुपर्ने पनि बताएका छन्।

अध्यक्ष केपी शर्मा ओली पक्षधर पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्– पार्टीमा चरम अनुशासनहीनता र अराजकताको स्थिति सिर्जना भएको अवस्थामा शुद्धीकरणको अभियान आवश्यक थियो । फ्लोरक्रसको घटनाले त्यसका लागि आधार प्रदान गरेको छ । पार्टीलाई अराजकतावाट जोगाउन सबै मिलेर अनुशासनतर्फ फर्काउ।