‘नेपाल आइडल’ को चौथो सिजन हुँदै, जजहरु फेरिने

प्रकाशित मिति:

काठमाडौं- नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम नेपाल आइडल को चौथो सिजन हुने भएको छ । नयाँ प्रतिभाको खोजी गर्ने यस शो अब पुनः प्रसारणमा आउने निर्माता तथा निर्देशक सुरेश पौडेलले बताए ।

फ्रेन्चाइजको अनुमति ३ वर्षको रहेकोले अर्को शो गर्ने नगर्ने दोधार भएकोमा चौथो सिजनको अनुमति पाइएको निर्माता पौडेलले बताए । अब चौथो सिजनको लिखित अनुमति पत्र पाए लगत्तै प्रोमो सार्वजनिक गरिने पौडेलले बताए ।

उनका अनुसार यस सिजनमा जजहरु फेरिन सक्नेछन् । शोको तेस्रो सिजनसम्म गायिका इन्दिरा जोशी, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा, संगीतकार न्ह्यु बज्रचार्य जजको रुपमा रहेका थिए । यसअघिको तेस्रो सिजनको विजेता सज्जा चौलागाई बनेकी थिइन् ।