छटपटी लिएर आइन् अन्जु

प्रकाशित मिति:

अन्जु पन्तको स्वरमा छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायक, गीतकार तथा संगीतकार राज लिम्बुको शब्द र संगीत रहेको छ। यस गीतलाई दपिक राज विश्वकर्माले संगीत संयोजन गरेका हुन्।

वियोगान्त प्रेम कथालाई समेटेर तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निता क्षेत्री, टेकेन्द्र कार्की र विष्णु कट्टेलबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरएिको छ। इजरायलमा छायांकन गरएिको यस भिडियोलाई सन्तोष माबो को छायांकन, सम्पादन मा तयार पारिएको हो।