अमेरिकामा नेपाली भौतिकशास्त्रीहरुको सम्मेलन

प्रकाशित मिति:

काठमाडौं । अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था एशोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका ९एन्पा० को चौथो वैज्ञानिक सम्मेलन तथा साधारण सभा सम्पन्न भएको छ ।नोबेल पुरस्कार विजेता बैज्ञानिक डा। योकिम फ्रान्क को आतिथ्य भएको तीन दिने सम्मेलनमा ११७ वटा वैज्ञानिक अनुसन्धान सोधपत्र प्रस्तुत गरिएको थियो । संस्थाका कार्यकारी सदस्य डा। नवीन मालाकार को संयोजकत्वमा भएको सम्मेलनमा अमेरिका, नेपाल, जापान, यूके, क्यानाडा र इन्डियाका वैज्ञानिकहरुले सोधपत्र प्रस्तुत गरेका हुन् ।

सम्मेलनमा प्रस्तुत भएका सोधपत्रहरुमध्ये छानिएका सोधपत्रहरु नेपाल भौतिक विज्ञान समाजको विशेष संस्करणमा प्रकाशित गरिने एन्पाले जनाएको छ । अनुसन्धानमा सहकार्यको महत्व र नेपालको अनुसन्धान विकासमा नेपाली डायस्पोरा वैज्ञानिकहरुको भूमिका विषयमा पनि सम्मेलनमा छलफल भएको थियो ।

सम्मेलनमा फ्रंक्लिन पेअर्स विश्वविद्यालय, अमेरिकाका प्रोफेसर डा। रुद्र अर्यालको संयोजनमा नेपालमा अनुसन्धान विकासमा नेपाली डायस्पोरा वैज्ञानिकहरूको संलग्नतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सामूहिक छलफलसमेत गरिएको थियो । तीन सय जना सहभागी भएको कार्यक्रम कोरोना भाइरसका कारण भर्चुअल रुपमा गरिएको थियो।