बालकोट पुगेर ओलीलाई भेटे विप्लवले

प्रकाशित मिति:

काठमाडौं, साउन ५ – एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ। आज विहान ओलीनिवास बालकोट पुगेर चन्दले ओलीसँग भेटवार्ता गरेका हुन्।भेटमा सरकारसँगको तीनबूँदे सहमति कार्यन्वयन र पछिल्लो विकसित राजनीतिक जटिल घटनाक्रमको बारेमा छलफल भएको बताइएको छ।

यसअघि चन्दले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गरेका थिए ।चन्द ओली प्रधानमन्त्री हुँदा शान्तिपूर्ण राजनीतिमा आएयता शीर्ष नेताहरुसँगको राजनीतिक भेटवार्तामा व्यस्त छन्।