बिष्णु माझिको आबाजमा बुद्ध मियाको मार्मिक लोकदोहोरी गीत कसम बजारमा – भिडियो सहित

प्रकाशित मिति:

बुटवल, मंसिर १८ । बुद्ध मियाको मार्मिक लोकदोहोरी गीत कसम

नेपाली लोक सांगीतिकल क्षेत्रमा बुद्ध मियाको निकै मार्मिक लोक दोहोरी गीत कसम बजारमा आएको छ ।

पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा बेग्लै पहिचान बनाएको शिब दर्शन फिल्मस् प्रालीको प्रस्तुतीमा शिब दर्शन फिल्मस्कै आधिकारीक युट्युव मार्फत बजारमा आएको गीत निकै मार्मिक र आकर्षक बनेको छ ।

तिमि विना म एक्लै भाकी छु
अभागी म रोइ हिडिराकी छु
धोका दियौ के गरम अबत
कसम कसम् मैले ढाटेकी छैननी
तिम्रै पिरले मर्छु होला म त

बोलको गीत बुद्ध मियाको लय, शब्द अनि बिष्णु माझी र बुद्ध मियाको आबाजमा सजिएको छ । गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । चर्चीत मोडलहरु शगुन शगुन, बुद्ध, हुसेन र मबिनाको अभिनय रहेको छ ।

शिब दर्शन फिल्मस् प्रालीले बजार ब्यवस्थापन गरेको गीतको भिडियोमा निर्देशन दुर्गा पौडेल, सम्पादन नबिन घर्ति मगर र छायाँकन दुर्गा पौडेलकै रहेको छ ।

गीतको भिडियो हेर्नुहोस –

https://youtu.be/yFG-Blp2R4E