लियो गोल्डेन जुब्लीलसिद्धबाबामा रोप्यो तुलसी

प्रकाशित मिति:

बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको आयोजनामा हरिशयनी एकादशीको अवसर पारेर सिद्धबाबा मन्दिर बुटवलमा (तल्लो सिद्धबाबा) तुलसी रोपिएको छ । छोटो औपचारिक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष श्रीधर बस्यालले पछिल्लो समयमा युवाहरूमा धर्मकर्मप्रति आस्था हराउँदै गएको बताउँदै यसलाई जगेर्ना गर्नुपर्ने बताए ।

तुलसीको मठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने र यो स्वस्थ जीवनका लागि एकदम महत्वपूर्ण रहेकाले लोप हुन लागेको यो तुलसी सम्पूर्ण को घर घरमा लगाउन बस्यालले आग्रह गरे ।लियो जिल्ला परिषद ३२५ बि २ नेपाल एरिया ४ रिजन १८ का चियरपर्शन किरण थापाले क्लबहरूले यस्तो धार्मिक कार्यलाई प्राथामिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । सिद्धबाबा धामका पुजारीले क्लबको यस्तो पवित्र कार्यको प्रशंसा व्यक्त गरेका थिए । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका वर्तमान अध्यक्ष बस्यालको अध्यक्षता रहेका कार्यक्रमको संयोजन पवित्रा भुसालले गरेकी थिइन भने सञ्चालन क्लबका सचिव महेश ज्ञवालीले गरेका थिए ।